काभ्रेमा आजदेखि ४ दिनसम्म टिपर सञ्चालनमा रोक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काभ्रेमा आजदेखि ४ दिनसम्म टिपर सञ्चालनमा रोक


२९ बैशाख २०७९, बिहिबार


काठमाडौँ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई थप व्यवस्थित बनाउन काभ्रेपलान्चोक जिल्लामा चार दिनसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई ध्यानमा राखेर आज बिहान ६ बजेदेखि आगामी जेठ १ गते राति १२ बजेसम्मका लागि राति सञ्चालन हुँदै आएको टिपर बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले बताए ।

त्यससँगै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष शान्तिपूर्ण, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन निर्वाचन आयोगको निर्णयअनुसार मतदानका दिन जिल्लाभर अत्यावश्यक सेवाबाहेकका अन्य सबै प्रकारका सवारीसाधन समेत बन्द गरिने जनाइएको छ ।

त्यस्तै उक्त कार्यालयले यही वैशाख २६ गतेदेखि ३१ गतेसम्मका लागि मदिरा बिक्री वितरणमा रोक लगाइसकेको छ ।

तोकिएको समयसम्म जिल्लाभर मादक पदार्थ बिक्री वितरण र उपभोगलाई पूर्णरूपमा निषेध गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस