मादक पदार्थ सेवन गरेका व्यक्तिलाई मतदान स्थल प्रवेश गर्न नदिन निर्वाचन अधिकृतलाई निर्देशन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मादक पदार्थ सेवन गरेका व्यक्तिलाई मतदान स्थल प्रवेश गर्न नदिन निर्वाचन अधिकृतलाई निर्देशन


२८ बैशाख २०७९, बुधबार


काठमाडौँ । निर्वाचन आयोगले मतदान गर्ने दिन मादक पदार्थ सेवन गरेर मतदान स्थल जान नपाइने जनाएको छ । बुधवार शुक्रवार हुने स्थानीय तह निर्वाचनको निर्देशिका जारी गर्दै मतदान स्थलमा मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भए पनि निर्वाचन अधिकृतलाई प्रवेश गर्न नदिन निर्देशन दिएको छ ।

यस्तै आयोगले मतदान स्थलमा प्रवेश गर्न अनुमति पाएका मतदाता वा अन्य कुनै पनि व्यक्तिले मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामाग्री, सलाई, लाइटर जस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको हातहतियार, नमुना मतपत्र लगायतका कागजातहरू, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह भएको वा सङ्केत जनाइने कुनै वस्तु लैजान नपाइने जनाएको छ । आयोगले यस्ता कार्य गरेमा कानुन बमोजिम कारबाही हुने जनाएको छ ।

आयोगले मतदान कार्यलाई स्वच्छ, सहज र व्यवस्थित ढङ्गले सञ्चालन गर्नमा सहयोग गर्न सबै मतदाता, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा निर्वाचनका सरोकारवालाहरूलाई अपिल गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस