मोरङमा चार हजार ३४६ उम्मेदवारबीच निर्वाचनमा प्रतिस्पर्धा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मोरङमा चार हजार ३४६ उम्मेदवारबीच निर्वाचनमा प्रतिस्पर्धा


२८ बैशाख २०७९, बुधबार


मोरङ । आगामी शुक्रबार हुने स्थानीय तह निर्वाचनमा मोरङ जिल्लामा चार हजार ३४६ जना उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् ।

जिल्लामा रहेको १७ स्थानीय पालिकामा विभिन्न राजनीतिक दल र स्वतन्त्रले विभिन्न सात पदमा त्यति सङ्ख्यामा उम्मेदवारी दिएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

विराटनगर महानगरपालिकाको प्रमुख पदमा १३, उपप्रमुखमा १४, दलित महिला सदस्यमा १२१, महिला सदस्यमा १२८, खुला दुई सदस्यमा २८५ र वडा अध्यक्षमा १६२ गरी ७२३ जनाले प्रतिस्पर्धा गरिरहेका छन् ।

सुनवर्षी नगरपालिकाको प्रमुखमा आठ, उपप्रमुखमा नौ, दलित सदस्यमा ४८, महिला सदस्यमा ४४, खुला सदस्यमा ९९ र वडाध्यक्षमा ६३ गरी २७१ जना उम्मेदवार रहेका छन् ।

यसैगरी सुन्दरहरैँचा नगरपालिमा प्रमुखमा ११, उपप्रमुखमा आठ, दलित सदस्यमा ५२, महिला सदस्यमा ५४, वडाध्यक्षमा ६६ र खुला सदस्यमा १११ गरी ३०२ जनाले निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् ।

रतुवामाई नगरपालिकाको प्रमुखमा पाँच, उपप्रमुखमा पाँच, दलित सदस्यमा ३८, महिला सदस्यमा ४३, वडाध्यक्षमा ५५ र खुला सदस्यमा ९४ गरी २४० जनाले प्रतिस्पर्धा गरिरहेको निर्वाचन कार्यालयमा सूचना अधिकारी तीर्थराज अधिकारीले बताए ।

लेटाङ नगरपालिमा प्रमुख पदमा सात, उपप्रमुखमा चार, दलित सदस्यमा २२, महिला सदस्यमा २३, वडाध्यक्षमा ३७ र खुला सदस्यमा ५५ गरी १४८ जनाले प्रतिस्पर्धा गरिरहेका छन् ।

यस्तै उर्लाबारी नगरपालिकामा प्रमुखमा सात, उपप्रमुखमा आठ, दलित सदस्यमा ४२, महिला सदस्यमा ४५, वडाध्यक्षमा ५० र खुल्ला सदस्यमा ९२ गरी २४४ जनाले प्रतिस्पर्धा गरिरहेका छन् ।

कटहरी गाउँपालिकामा अध्यक्षमा नौ, उपाध्यक्षमा छ, दलितमा ३८, महिला सदस्यमा ३८, खुला सदस्यमा ७८ र वडाध्यक्षमा ४४ जना गरी २१३ जनाले उम्मेदवारी दिएका छन् ।

कानेपोखरी गाउँपालिकामा अध्यक्षमा सात, उपाध्यक्षमा छ, दलित सदस्यमा २७, वडाध्यक्षमा ४४, खुला सदस्यमा ७७ र महिला सदस्यमा ३० गरी १८५ जनाले प्रतिस्पर्धा गरिरहेका छन् ।

यसैगरी केराबारी गाउँपालिकामा अध्यक्षमा सात, उपाध्यक्षमा पाँच, दलित सदस्यमा ३४, महिला सदस्यमा ३३, वडाध्यक्षमा ४० र खुला सदस्यमा ६९ गरी १८८ जना उम्मेदवार बनेका छन् ।

ग्रामथान गाउँपालिका अध्यक्षमा सात, उपाध्यक्षमा पाँच, दलित सदस्यमा ३४, महिला सदस्यमा ३६, वडाध्यक्षमा ४२ र खुला सदस्यमा ७० गरी १९४ जनाले प्रतिस्पर्धा गरिरहेका छन् ।

यस्तै जहदा गाउँपालिका अध्यक्षमा सात, उपाध्यक्षमा आठ, दलित सदस्यमा ४२, महिला सदस्यमा ४४, वडाध्यक्षमा ५५ र खुला सदस्यमा ९१ गरी २४७ जना रहेका छन् ।

धनपालथान गाउँपालिकामा अध्यक्षमा सात, उपाध्यक्षमा पाँच, दलित सदस्यमा ३२, महिला सदस्यमा ३२, वडाध्यक्षमा ३६ र खुला सदस्यमा ६६ गरी १७८ ले निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् ।

पथरीशनिश्चरे नगरपालिकामा प्रमुखमा सात, उपप्रमुख पाँच, दलित सदस्यमा ४५, महिला सदस्यमा ४९, वडाध्यक्षमा ५६ र खुल्ला सदस्यमा १०२ जना रहेका छन् ।

यसैगरी बूढीगङ्गा गाउँपालिकामा अध्यक्षमा नौ, उपाध्यक्षमा सात, दलित सदस्यमा ३३, महिला सदस्यमा ३३, वडाध्यक्षमा ४६, खुला सदस्यमा ७१ गरी १९९ जनाले निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् ।

बेलबारी नगरपालिकामा प्रमुख पदमा आठ, उपप्रमुखमा नौ, दलित सदस्यमा ४३, महिला सदस्यमा ४७, वडाध्यक्षमा ५९ र खुला सदस्यमा १०८ गरी २७४ जना प्रतिस्पर्धामा रहेका छन् ।

यस्तै मिक्लाजुङ गाउँपालिकामा अध्यक्ष पदमा सात, उपाध्यक्षमा छ, दलित सदस्यमा २९, महिला सदस्यमा ४०, वडाध्यक्षमा ४७ र खुला सदस्यमा ७९ गरी २०८ जनाले निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् ।

रङ्गेली नगरपालिमा प्रमुख पदमा आठ, उपप्रमुखमा आठ, दलित सदस्यमा ४२, महिला सदस्यमा ५१, वडाध्यक्षमा ६० र खुला सदस्यमा ९९ गरी २६८ बीच प्रतिस्पर्धा हुन गइरहेको छ ।

जिल्लामा ३०० मतदानस्थलमा ८२० केन्द्रमा रहेका छन् भने प्रत्येक मतदान केन्द्रमा तीन जना स्वयंसेवक गरी जम्मा छ हजार ५६० कर्मचारी निष्पक्ष, स्वतन्त्र, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न खटिएका छन् ।

जिल्लामा महिला तीन लाख ५१ हजार ७६९, पुरुष तीन लाख ६३ हजार ४४८ र अन्य छ गरी सात लाख १५ हजार २२३ मतदाताले आफ्नो जनप्रतिनिधि चयन गर्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस