मतदाता परिचयपत्र लुटेको आरोपमा वडाध्यक्ष प्रहरीको नियन्त्रणमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मतदाता परिचयपत्र लुटेको आरोपमा वडाध्यक्ष प्रहरीको नियन्त्रणमा


२८ बैशाख २०७९, बुधबार


दोलखा । तामाकोसी गाउँपालिका–१ भीरकोटबाट मतदाता परिचयपत्र लुटेको आरोपमा उक्त वडाका अध्यक्ष महेश काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उक्त वडा कार्यालयको मतदान स्थलबाट १ सय २५ थान नयाँ मतदातालाई वितरण गर्न लागिएको मतदाता परिचयपत्र वडाध्यक्ष काफ्लेले आज (बुधबार) दिउँसो लुटेर फरार भएको प्रहरीले जनाएको छ ।

मतदाता परिचयपत्र लुटेर फरार भएका उनलाई स्थानीयले नियन्त्रणमा लिए पनि उनी परिचयपत्र फालेर फरार भएको स्थानीयहरूले बताएका छन् । अहिले वितरणका लागि १ सय २५ थान मतदाता परिचयपत्र सबै मतदान अधिकृतलाई बुझाइएको छ ।

फरार भएका उनलाई दिउँसो तामाकोसी बजारबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी नायव उपरीक्षक गङ्गाप्रसाद पौडेलले बताए ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । काफ्ले २०७४ को स्थानीय निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट वडा नं १ को अध्यक्षमा निर्वाचित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस