निर्वाचनका दिन अत्यावश्यक सेवा नरोक्न मन्त्रालयको निर्देशन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

निर्वाचनका दिन अत्यावश्यक सेवा नरोक्न मन्त्रालयको निर्देशन


२८ बैशाख २०७९, बुधबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका दिन प्रसूति तथा अन्य आकस्मिक सेवा नरोक्न देशभरका स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. सङ्गीता मिश्राले आकस्मिक सेवा निर्वाचनका दिन अवरुद्ध नगर्न निर्देशन दिएकी हुन् ।

यस पटकको स्थानीय निर्वाचनमा स्वास्थ्य सेवाका कर्मचारीसमेत निर्वाचनका लागि खटाइएको छ ।

कतिपय स्थानीय तहमा आकस्मिक सेवा नै बन्द गरेर निर्वाचनमा कर्मचारी खटाइएको समाचार आइरहेका बेला मन्त्रालयले यस्तो भनेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस