दुई दिनमा करिब डेढ लाखले छोडे काठमाडौँ उपत्यका « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दुई दिनमा करिब डेढ लाखले छोडे काठमाडौँ उपत्यका


२८ बैशाख २०७९, बुधबार


काठमाडौँ । स्थानीय तह निर्वाचनमा मतदान गर्न दुई दिनमा करिब १ लाख ५० हजार मानिसले काठमाडौँ उपत्यका छोडेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार हिजो (मंगलबार) बिहानदेखि आज (बुधबार) बिहानसम्म १ लाख ४१ हजार जनाले काठमाडौँ छोडेका छन् ।

महाशाखाको तथ्याङ्क अनुसार अरु दिनमा सरदर ५९ हजार जना उपत्यका आवतजावत गर्थे । अहिले उपत्यकाबाट बाहिरिनेको संख्या ह्वात्तै बढ्दा भित्रिनेको संख्या घटेको छ ।

मंगलबार बिहान ६ बजेदेखि आज बिहान ६ बजेसम्म ९ हजार ९५६ सवारी साधन बाहिरिएका छन् । सोही समयावधिमा मंगलबार ५९ हजार ८१ र बुधबार बिहान ६ बजेसम्म ८२ हजार जनाले उपत्यका छोडेका छन् ।

आज र भोलि गाउँ जानेको संख्या बढ्ने महाशाखाको अनुमान छ ।

Tags :
प्रतिक्रिया दिनुहोस