थप घट्यो विदेशी मुद्रा सञ्चिति « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

थप घट्यो विदेशी मुद्रा सञ्चिति


२८ बैशाख २०७९, बुधबार


काठमाडौँ । मुलुकको विदेशी मुद्रा सञ्चिति थप घटेको छ ।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको साउनदेखि चैत महिनासम्मको वित्तीय प्रतिवेदनअनुसार चैत मसान्तसम्म ११ खर्ब ६७ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति छ ।

फागुनसम्म यस्तो सञ्चिति ११ खर्ब ७१ अर्ब थियो । २०७८ असार मसान्तसम्म १३ खर्ब ९९ अर्ब रुपैयाँ बराबर रहेको विदेशी मुद्रा सञ्चिति ९ महिनामा १६।५ प्रतिशतले घटिसकेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा चैत मसान्तमा १८.२ प्रतिशतले घटेर ९ अर्ब ६१ करोड डलर कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैङ्कमा १० खर्ब २१ अर्ब छ भने बैङ्क तथा वित्तीय संस्थासँग १ खर्ब ४६ अर्ब बराबर छ ।

विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ ।

नौ महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस