निजी विद्यालयमा पनि दुई दिन बिदा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

निजी विद्यालयमा पनि दुई दिन बिदा


२८ बैशाख २०७९, बुधबार


काठमाडौँ । शिक्षा मन्त्रालयले सरकारीसँगै निजी विद्यालयमा पनि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ ।

मन्त्रालयमा आज (बुधबार) बसेको बैठकले निजी र सरकारी विद्यालयमा दुई दिन नै बिदा दिने निर्णय गरेको हो ।

सरकारले दुई दिन बिदा दिने निर्णय यसअघि नै गरे पनि मन्त्रालयले भने निजी र सरकारी दुबैमा बिदा लागू हुने निर्णय गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।

उनले भने, ‘बिदा दिने निर्णय सरकारले गरेको हो । हामीले प्रस्ट पारिदिएको मात्र हो । शनिबार र आइतबार बिदा हुने भएपछि कसरी मिलाउने भनेर भनेको हो ।’

शनिबार र आइतबार बिदा हुने भएपछि शुक्रबार ४ बजेसम्म पढाइ हुने उनले बताए । अरु नपुग हुने दिन हिउँदे र बर्खे बिदाबाट कटाएर पढाइ सकाउने समेत निर्णय भएको उनले जानकारी दिए ।

सम्बन्धित समाचार : विद्यालय र क्याम्पस पनि शनिबार र आइतबार बिदा

Tags :
प्रतिक्रिया दिनुहोस