सरकारले जेठ ७ गते नीति तथा कार्यक्रम संसदमा पेस गर्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकारले जेठ ७ गते नीति तथा कार्यक्रम संसदमा पेस गर्ने


२८ बैशाख २०७९, बुधबार


काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गतेका लागि संसद् अधिवेशन आह्वान गरेकी थिइन् ।

सम्बन्धित समाचार : जेठ ३ गतेका लागि संसद् अधिवेशन आह्वान

सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा सार्वजनिक गर्ने कार्ययोजना बनेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए ।

सरकारको नीति तथा कार्यक्रमको संशोधन र छलफल ८ देखि ११ गतेसम्म हुने उनले बताए ।

प्रवक्ता पाण्डेले बजेट अधिवेशनको लागि संसद् सचिवालयले सुरक्षा, स्वास्थ्य मापदण्ड लगायतका भौतिक तयारी पूरा गरेको बताए ।

उनले जेठ ३ गते पहिलो प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको उल्लेख गरे।

जेठ ४ र ५ गते संसदमा प्रि–बजेटमा छलफल हुने प्रवक्ता पाण्डेले बताए ।

जेठ १२ वा १३ गते संसदमा आर्थिक सर्वेक्षणसम्बन्धी प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नु र संवैधानिक प्रावधान अनुसार जेठ १५ गते बजेट भाषण गर्ने तयारी रहेको प्रवक्ता पाण्डेले बताए ।

प्रवक्ता पाण्डेले जेठ १५ गतेपछि जेठ महिनाभर आर्थिक विधेयक तथा अन्य कार्यक्रमहरू निरन्तर रूपमा चल्ने बताए । पाण्डेका अनुसार प्रतिनिधि सभासँग ३ गतेबाट राष्ट्रिय सभाको बैठक पनि सुरु हुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस