उकालो लाग्यो नेप्से , बुधबार ५६.०६ अङ्कले बढ्यो « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

उकालो लाग्यो नेप्से , बुधबार ५६.०६ अङ्कले बढ्यो


२८ बैशाख २०७९, बुधबार


शेयर बजार

काठमाडौँ । स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा सेयर बजार परिसूचक नेप्से लगातार उकालो लागिरहेको छ ।

आज (बुधबार) नेप्से ५६.०६ अङ्कले बढेर २३०६९.०७ विन्दुमा पुगेको छ । सोमबारदेखि नेप्से लगातार बढिरहेको हो ।

२२ सयभन्दा तल झरेको नेप्से बढ्नुमा निर्वाचनलाई नै प्रमुख कारण मानिएको छ ।

बुधबार जलविद्युत समूहको सूचक करिब ५ प्रतिशतले बढेको छ । फाइनान्सको पनि ४ प्रतिशतभन्दा बढीले बढेको छ ।

विकास बैङ्क ३.७५, ननलाइफ इन्सुरेन्स २.३९ र माइक्रो फाइनान्स समूहको सूचक ३.२६ प्रतिशतले बढेको छ ।

सबै समूहको सूचकमा हरियाली छाएको छ । ५३ लाख ३३ हजार १०९ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब १६ करोड ३९ लाख ९० हजार ७४३ रुपैयाँको कारोबार भएको छ ।

चार जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । एउटा फाइनान्सको सेयर मूल्यमा पनि पोजेटिभ सर्किट लागेको छ ।

अन्य चार वटा कम्पनीको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस