सर्वदलीय बैठकमा खुकुरी सहित पुगेका गुरुङ प्रहरीको नियन्त्रणमा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सर्वदलीय बैठकमा खुकुरी सहित पुगेका गुरुङ प्रहरीको नियन्त्रणमा


२८ बैशाख २०७९, बुधबार


गोरखा । स्थानीय तह निर्वाचनलाई लक्षित गरी गण्डकी गाउँपालिकामा बोलाइएको सर्वदलीय बैठकमा खुकुरी सहित पुगेका मनोज गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाली काँग्रेसको प्रतिनिधित्व गर्दै उनी आज (बुधबार) बिहान बैठकमा सहभागी हुन गएका थिए ।

उनले बोकेको झोलामा खुकुरी भेटेपछि नियन्त्रणमा लिइएको डिएसपी लिलाराज लामिछानेले बताए ।

‘वडा नम्बर ६ स्थित तोमनडाडा आधारभूत विद्यालयमा बोलाइएको बैठकमा सहभागी हुन भन्दै उहाँ झोला बोकेर आउनुभएको रहेछ,’ उनले भने, ‘शङ्का लागेर झोला चेकजाँच गर्दा खुकुरी भेटियो ।’ गुरुङ प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी लामिछानेले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस