कपिलवस्तुमा उम्मेदवार सासूको मृत्युपछि बुहारी बनिन् उम्मेदवार « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कपिलवस्तुमा उम्मेदवार सासूको मृत्युपछि बुहारी बनिन् उम्मेदवार


२८ बैशाख २०७९, बुधबार


कपिलवस्तु । नेपाली काँग्रेसले कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा उपमेयरको उम्मेदवारको मृत्यु भएपछि उनको बुहारीलाई उम्मेदवार बनाएको छ ।

काँग्रेसले उपप्रमुख पदकी उम्मेदवार सुभावती कुर्मीको मृत्युपछि उनको जेठी बुहारी रिताकुमारी कुर्मीलाई उम्मेदवार बनाएको हो ।

हृदयघातबाट सुभावतीको मृत्यु भएपछि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्थगन गरेको थियो ।

सम्बन्धित समाचार : कपिलवस्तुको महाराजगन्जमा काँग्रेसकी उपमेयर उम्मेदवारको निधन, निर्वाचन स्थगित हुन सक्ने

आयोगले ३ जेठमा निर्वाचन हुने गरी नयाँ निर्वाचन कार्यक्रम जारी गरेको छ । आयोगको नयाँ निर्वाचन कार्यतालिका अनुसार काँग्रेसले रितालाई उपमेयरको उम्मेदवार दर्ता गराएको हो ।

महाराजगन्ज नगरपालिका–२ गैडहवाकी २८ वर्षीय रिताले सासूको सपना पूरा गर्न उम्मेदवारी दिएको प्रतिक्रिया दिइन् ।

आयोगले ३ जेठमा निर्वाचन गर्ने गरी नयाँ निर्वाचन कार्यक्रम तालिका सार्वजनिक गरिएको महाराजगन्ज नगरपालिकाका निर्वाचन अधिकृत कुबेर पाण्डेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस