मतदानको दिन हवाई यात्रुलाई एयरपोर्टबाट होटल पुर्‍याउन सटल बस सञ्चालनमा ल्याइने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मतदानको दिन हवाई यात्रुलाई एयरपोर्टबाट होटल पुर्‍याउन सटल बस सञ्चालनमा ल्याइने


२८ बैशाख २०७९, बुधबार


काठमाडौँ । स्थानीय तह निर्वाचनको मतदानको दिन शुक्रबार अन्तर्राष्ट्रिय हवाई उडानबाट आउने हवाई यात्रुलाई होटलसम्म पुर्‍याउन सटल बस सञ्चालनमा ल्याइने भएको छ ।

नेपाल पर्यटन बोर्डले प्रहरीको सहयोग तथा नेपाल टुरिस्ट भेहिकल एसोसिएसन र टुरिस्ट बस एसोसिएसन अफ नेपालसँग समन्वय गरेर सटल बस सञ्चालनमा ल्याउने भएको हो । तीन वटा रुटमा सटल बस सञ्चालन हुनेछ ।

एयरपोर्ट-एनएसी-होटल अन्नपूर्ण-याक एन्ड यती-ठमेल चोक-लैनचोर चोक-शङ्कर होटल-एम्बासडर होटल-एयरपोर्ट एउटा रुट हुनेछ ।

एयरपोर्ट-होटल र्‍याडिसन-साङ्ग्रिला होटल-नारायणगोपाल चोक-महाराजगन्ज चोक-हायात रिजेन्सी-चाबहिल चोक-होटल द्वारिका-एयरपोर्ट अर्को रुट हुने पर्यटन बोर्डले जनाएको छ।

तेस्रो तथा अन्तिम रुटका रुपमा एयरपोर्ट-तीनकुने चोक-होटल एभरेस्ट-माइतीघर चोक-होटल हिमालय-होटल सोल्टी-ग्रान्ड होटल-एयरपोर्ट रहेको छ ।

बोर्डका अनुसार यात्रुका लागि तीन सय रुपैयाँ शुल्क तोकिएको छ । हवाई यात्रुले बसमा चढ्न हवाई टिकट र पासपोर्ट देखाउनुपर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस