म्याग्दीमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

म्याग्दीमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु


२८ बैशाख २०७९, बुधबार


काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ छोटेपामा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु छ।

मृत्यु हुनेमा ट्रक चालक मकवानपुर घर भएका ३४ वर्षीय सन्त बहादुर तितुङ र ट्रक धनी म्याग्दीकै अन्नपूर्ण १ दोवाका ४३ वर्षीय खुम बहादुर रामजाली रहेका छन्।

गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा म्याग्दीकै बेनी अस्पतालमा मृत्यु भएको हो। ग २ ख ६५८ नम्बरको ट्रक मङ्गलवार साँझ पौने ६ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी ६० मिटर तल खसेको इलाका प्रहरी कार्यालय भुरुङ तातोपानीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस