दार्चुलामा एमाले र सत्ता गठबन्धनबिच झडप, वडा अध्यक्षका उम्मेदवार घाइते « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दार्चुलामा एमाले र सत्ता गठबन्धनबिच झडप, वडा अध्यक्षका उम्मेदवार घाइते


२८ बैशाख २०७९, बुधबार


काठमाडौँ । दार्चुलाको दुहुँ गाउँपालिका-५ मा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताहरूबिच झडप भएको छ ।

झडपमा वडा अध्यक्षका एमाले उम्मेदवार मानसिंह बडाल लगायत घाइते भएका छन् । उनको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।

मङ्गलवार बेलुकी प्रचारबाट फर्किने क्रममा झडप भएको थियो । एमाले जिल्ला कमिटी उपसचिव खडक बडालले सत्ता गठबन्धनका कार्यकर्ताहरूले वडाध्यक्षका उम्मेदवार बडालसँगै मानसिंह बडाल, वीरेन्द्र महरा, लालसिंह महरा लगायतलाई कुटपिट गरी घाइते बनाएको बताएका छन् ।

उनले दोषीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग पनि गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस