उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ ३ गते मतदान हुने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ ३ गते मतदान हुने


२८ बैशाख २०७९, बुधबार


काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का नेकपा (एमाले)को तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि अर्को उम्मेदवार मनोनयनका लागि आजको समय तोकिएको छ ।

एमालेका लागि मात्रै बुधबार बिहान १० देखि १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले बताए ।

बिहीबार बेलुका ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ । वडा नम्बर १७ को हकमा वैशाख ३१ गतेदेखि मौन अवधि सुरु हुने छ भने वैशाख ३१ गते मध्यरातिसम्म प्रचार प्रसार गर्न पाइने छ । त्यसपछि मौन अवधि सुरु हुनेछ ।

त्यस्तै जेठ ३ गते मतदानको समय तोकिएको छ । कलेजो, मिर्गौला रोगका कारण चौधरीको मृत्यु भएको हो । वडा नम्बर १७ को निर्वाचन भएपछि मात्रै तुलसीपुरमा मतगणना हुने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस