आज र भोलि मतदाता शिक्षा दिँदै आयोग « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

आज र भोलि मतदाता शिक्षा दिँदै आयोग


२८ बैशाख २०७९, बुधबार


काठमाडौँ। निर्वाचन आयोगले वैशाख आज (बुधबार) र (बिहीबार) भोलि मतदाता शिक्षा दिने भएको छ ।

निर्वाचन आयोगका अनुसार मतदाता शिक्षा कार्यक्रमअन्तर्गत सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचयपत्र वितरणसँगै नमुना मतपत्रमा मतदान गर्न सिकाउने छ । टोलीलाई आयोगले यसअघि नै मतदाता शिक्षा कार्यक्रम अन्तर्गतका कार्यक्रम गर्न निर्देशन दिइसकेको छ ।

निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षा निर्वाचनकै दिन दिइने गरिएकोमा यस पटक अघि नै गरिने भएको हो । वैशाख ३० गते निर्वाचन हुँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस