इन्जिनियरसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

इन्जिनियरसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा


२७ बैशाख २०७९, मंगलबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला प्राविधिक कार्यालय सप्तरीका प्रमुख जिल्ला इन्जिनियर राज कुमार गोईतसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले ६६ लाख ६४ हजार ६९२ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मङ्गलवार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा जिल्ला प्राविधिक कार्यालय सप्तरीका इन्जिनियर उग्रा नन्द पाठक, लेखापाल छत्र बहादुर श्रेष्ठ, माँ जानकी निर्माण सेवाका प्रोप्राइटर भूपेन्द्र यादव, एभरेस्ट निर्माण सेवाका प्रोप्राइटर विजय कुमार यादव र अन्नपूर्ण कन्स्ट्रक्सनका प्रोप्राइटर ममता देवी यादव रहेका छन् ।

ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम तर्फको नियमित सडक मर्मत सम्भार र रुख बिरुवा रोप्ने कार्य गर्दा प्रक्रिया नपुर्‍याइ भुक्तानी गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीहरूमाथि अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा उनीहरूले गलत विवरण पेस गरी ६६ लाख ६४ हजार ६९२ रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस