दाङमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दाङमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु


२७ बैशाख २०७९, मंगलबार


दाङ । दाङमा सवारी दुर्घटनामा परी सोमबार गम्भीर घाइते भएका दुई जनाको आज उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा गढवा गाउँपालिका–६ निवासी २० वर्षीय अरुण चौधरी र सोही स्थानका २३ वर्षीय सुरज चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

घाइते दुवैलाई लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज सिफारिस गरिएको थियो । उपचारका क्रममा आज दुवै जनाको मृत्यु भएको बताइएको छ ।

सोमबार दिउँसो साढे १ बजे गढवाबाट लमहीतर्फ आउँदै गरेको रा६प ७३७९ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश०१–०२७च ००७७ नंको स्कार्पियोले गढवा गाउँपालिका–५ सिक्रहवामा एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए ।

गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस