हिंसात्मक आक्रमणको निन्दा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

हिंसात्मक आक्रमणको निन्दा


२७ बैशाख २०७९, मंगलबार


संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले कङ्गोमा हालै सर्वसाधारण व्यक्तिमाथि भएको हमला र हत्याको कडा शब्दमा निन्दा गरेका छन् ।

उनले हतियारधारी समूहले निहत्था सर्वसाधारणमाथि गरेको हमलाको निन्दा गर्दै यस्ता कार्य तुरुन्त रोक्न र दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।

उनका प्रवक्ताले कङ्गोको इतृुरी प्रान्तको डिजुगु क्षेत्रमा सोमबार आएका हतियारधारीहरुले अकस्मात् हमला गरेर कम्तीमा पनि ३८ जनाको ज्यान लिएको घटनाको विज्ञप्तिमार्फत निन्दा गरिएको छ ।

सो हमलामा परेर अरु कैयौँ व्यक्ति घाइते भएका छन् भने यहाँ मारिएका ३८ जनामा महिला र बालबालिका पनि परेका छन् ।

यसरी सर्वसाधारण नागरिकमाथि विना कुनै कारण हुने गरेका हमला अमानवीय भएको भन्दै महासचिव गुटरेसले यस्ता कार्य रोक्न माग पनि गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस