पाल्पामा पत्रकार, शिक्षक र स्वास्थ्यकर्मी चुनावी मैदानमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पाल्पामा पत्रकार, शिक्षक र स्वास्थ्यकर्मी चुनावी मैदानमा


२७ बैशाख २०७९, मंगलबार


रामपुर । पाल्पामा स्थानीय तहको निर्वाचनमा पत्रकार, शिक्षक र स्वास्थ्यकर्मी चुनावी मैदानमा छन् । यही वैशाख ३० गते हुने निर्वाचनका लागि जिल्लामा गाउँपालिका अध्यक्ष र वडाध्यक्षमा उनीहरु उम्मेदवार बनेका छन् ।

नेपाल पत्रकार महासङ्घ पाल्पाका निवर्तमान अध्यक्ष राजेशकुमार अर्याल नेकपा (एमाले)बाट तानसेन नगरपालिका–९ को वडाध्यक्षमा उम्मेदवार बनेका छन् ।

एमालेबाटै तानसेन–८ मा सोमनाथ अर्याल र ओमप्रकाश गैरे बगनासकाली गाउँपालिका–५ को वडाध्यक्षको उम्मेदवार बनेका छन् । बगनासकाली गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट अम्बिका पाण्डेले उम्मेदवारी दिएका छन् ।

आसन्न निर्वाचनमा दुई प्रधानाध्यापक र दुई स्वास्थ्यकर्मी राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा छन् । माथागढी गाउँपालिकामा एमालेबाट पालिका अध्यक्षमा सिअहेबबाट राजीनामा दिएका यमबहादुर चिदी र उपाध्यक्षमा अनमीबाट राजीनामा दिएकी विष्णुमाया लुङ्चे उम्मेदवार बनेका छन् ।

राजीनामा दिनुअघि चिदी जिल्लास्थित स्वास्थ्य बीमा बोर्ड प्रमुखको रुपमा कार्यरत थिए । लुङ्चे भने माथागढी गाउँपालिकाको गोठादी स्वास्थ्य चौकीमा अनमी पदमा कार्यरत रहेकी थिइन् ।

पूर्वखोला–५ स्थित गणपति माविका प्रधानाध्यापक विष्णु पल्ली शिक्षकबाट राजीनामा दिएर एमालेबाट वडाध्यक्षमा उम्मेदवार बनेका छन् ।

रामपुर नगरपालिका–९ को प्रगतिशील प्राथमिक विद्यालयका प्रधानाध्यापक नेत्र गाहा पनि एमालेबाट रामपुर–९ मा वडाध्यक्षको उम्मेदवार बनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस