गोरखामा काँग्रेस र एमालेका कार्यकर्ताबिच झडप, चार जना घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गोरखामा काँग्रेस र एमालेका कार्यकर्ताबिच झडप, चार जना घाइते


२७ बैशाख २०७९, मंगलबार


काठमाडौँ । गोरखाको आरुघाट गाउँपालिका १ मान्बुमा काँग्रेस कार्यकर्ताले एमालेका कार्यकर्तामाथि आक्रमण गरेका छन् । सोमबार राति चुनावी प्रचारप्रसारबाट फर्किँदै गर्दा श्यामचेतमा काँग्रेस टोलीले छेकेर आक्रमण गरेको दाबी गरिएको छ ।

आक्रमणबाट एमालेका गोपाल लामा, विक्रम लामा, बिर्खे लामा र राजुबहादुर लामा गम्भीर घाइते भएका छन् । ‘दिउँसो धोरतमा कार्यक्रम थियो । त्यहाँबाट फर्किँदा करिब पौने आठ बजे श्यामचेत आइपुग्दा । त्यहाँ पसल थियो, खाजा खान लाग्दा काँग्रेसका कार्यकर्ता आएर एक्कासि कुटपिट गरेछन्’, स्थानीय वीरबहादुर लामाले भने ।

कुटपिटबाट घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर छ । ‘विक्रम लामाको एउटा आँखा नै फुटेको छ । अरू साथीहरूका पनि टाउकोमा, शरीरमा घाउहरू धेरै नै छ’, विक्रम गुरुङले भने ।

आक्रमण गर्ने टोलीले सोमबार दिउँसो पनि कार्यक्रम स्थल जाँदै गर्दा एमालेका कार्यकर्तालाई रोकेर धम्काएको उनी बताउँछन् ।

काँग्रेसबाट वडाध्यक्षको उम्मेदवार गजे घले (सूर्य) को नेतृत्वको टोलीले आक्रमण गरेको दाबी गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस