Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

खल्तीबाट नाम निकालेर न्यायाधीश नियुक्त हुँदैन : कामु प्रधानन्यायाधीश कार्की


२६ बैशाख २०७९, सोमबार


काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले खल्तीबाट नाम निकालेर न्यायाधीश नियुक्ति नहुने बताएका छन् । न्यायाधीश नियुक्तिमा योग्यता र क्षमता हेरिने उनको भनाइ थियो ।

कानुन दिवसको अवसरमा सर्वोच्च अदालत बार एसोसिएसनले सोमबार आयोजना गरेको विधिको शासन र यसका चुनौती विषयक गोष्ठीलाई सम्बोधन गर्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले न्यायाधीश नियुक्तिमा पारदर्शिता अपनाइने बताएका हुन् ।

‘न्यायाधीश नियुक्तिको विषयमा अब हामीले योग्यता, क्षमता खोजिरहेका छौँ । कानुन व्यवसाय नै गरेर आउनु भएको छ, त्यसमा पनि हामी क्षमता हेर्छौँ,’ उनले भने, ‘यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु खल्तीबाट नाम निकालेर ट्वाकट्वाक चाहीँ हुनेवाला छैन । हामीले प्रतिबद्धता गरिसक्यौँ न्यायाधीश नियुक्ति गर्दा खेरी योग्यता, क्षमता भएकोलाई नियुक्ति गर्ने ।’

कायममुकायम प्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतको पेसी प्रणालीमा शङ्का नगरिदिन पनि आग्रह गरेका छन् । उनले गोला प्रणालीमार्फत पेसी तोकिइरहेकोले आशङ्का नगर्न भनेका हुन् । ‘गोला प्रथा चलिरहेको छ । गोलामा शङ्का नगरीदिनु होला । शङ्का गर्नुपर्ने कुनै पनि स्थिति छैन । यति पारदर्शी छ । त्यसका शङ्का गर्ने कुरा केही पनि छैन,’ उनले भने ।

सर्वोच्च अदालतमा सुधारका काम भइरहेको पनि कायममुकायम प्रधानन्यायाधीश कार्कीको भनाइ थियो । उनले सर्वोच्च अदालतमा धेरै समस्या रहेको र तिनमा सुधार गर्ने कार्य भइरहेको बताएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस