खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-७ का वडाध्यक्षको निधन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-७ का वडाध्यक्षको निधन


२६ बैशाख २०७९, सोमबार


खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका वडाध्यक्ष धनबहादुर घागामगरको निधन भएको छ ।

फोक्सोमा पानी जमेपछि बिरामी भएका उनको ८२ वर्षको उमेरमा आज आफ्नै निवासमा निधन भएको हो ।

घागामगरलाई यही वैशाख ७ गते उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको थियो । उनलाई अस्पतालबाट गए राति घर ल्याइएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले जानकारी दिए । विसं २०७४ को स्थानीय तह निर्वाचनमा घागामगर काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी २०३३ देखि निरन्तर जनप्रतिनिधिको भूमिकामा सक्रिय रहेका थिए ।

घागामगर गाउँपालिकाकै ज्येष्ठ जनप्रतिनिधि थिए । काँग्रेस दिप्रुङ चुइचुम्मा गाउँपालिका सभापति अमृत गिरीका अनुसार मुटु र फोक्सोको रोगबाट पीडित घागामगरलाई विराटनगरमा उपचार सम्भव नभएपछि घर ल्याइएको थियो ।

उनी २०२२ देखि राजनीतिमा सक्रिय थिए । घागामगर २०३३ सालमा वडाध्यक्ष, २०३८ सालमा प्रधानपञ्च र २०४९ सालमा गाविस अध्यक्षमा निर्वाचित भएका थिए । उनको निधनले पार्टीलाई मात्र नभई जिल्लालाई क्षति पुगेको नेपाली काँग्रेस खोटाङका सभापति विष्णुकुमार राईले बताए । उनको आजै दाहसंस्कार गरिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस