जिम्बावेले नेपाललाई जितको लागि दियो २१४ रनको लक्ष्य « प्रशासन
Logo ९ जेष्ठ २०७९, सोमबार
   

जिम्बावेले नेपाललाई जितको लागि दियो २१४ रनको लक्ष्य


२६ बैशाख २०७९, सोमबार


काठमाडौँ । जिम्बावे ‘ए’ टोलीले एक दिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाललाई जितको लागि २१४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जिम्बावेले ३२ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २१३ रनको योगफल बनायो ।

जिम्बावेका लागि टाडीवानाशे मारुमानीले सर्वाधिक ५० रनको योगदान दिए भने कुड्जाई मौन्जेले ३९ रन जोडे । त्यसै गरी रोय कियाले ३६, कप्तान टोनी मुन्योगाले २४, सेफासले १६, इनोसेन्ट कियाले १२ तथा लुक जोग्वी १९ रन जोडे ।

बलिङतर्फ नेपालका किशोर महतो एक्लैले पाँच विकेट लिए भने सोमपाल कामीले दुई विकेट झारे । त्यस्तै करण केसी र दीपेन्द्र सिंह ऐरीले समान एक÷ एक विकेट हात पारे । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस