बैतडीमा गाउँपालिकाको अध्यक्षका उम्मेदवार राना प्रहरीको नियन्त्रणमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बैतडीमा गाउँपालिकाको अध्यक्षका उम्मेदवार राना प्रहरीको नियन्त्रणमा


२६ बैशाख २०७९, सोमबार


बैतडी । बैतडीको डिलासैनी गाउँपालिकाको अध्यक्षका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले अध्यक्षका उम्मेदवार रानालाई पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापक रामदत्त जोशीमाथि कुटपिट गरेको आरोपमा नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकेन्द्र जोशीका अनुसार अध्यक्षका उम्मेदवार राना र घाइते भएका जोशी पक्षबीच गोकुलेश्वर प्रहरी चौकीमा छलफल भइरहेको बताए ।

घटनाको बारेमा जानकारी लिन रानालाई नियन्त्रणमा लिएको उनको भनाइ छ ।

अध्यक्षका उम्मेदवार राना र उनका समर्थकले स्वतन्त्र उम्मेदवारको चुनाव प्रचार गरेको भन्दै प्राध्यापकमाथि कुटपिट गरेको पीडित पक्षले बताएको छ ।

डिलासैनी गाउँपालिका-५ बिनाबस्तीका वासिन्दा जोशीको दुवै खुट्टामा गम्भीर चोट लागेको उनका भाइ दीपकराज जोशीले जानकारी दिए ।

डिलासैनीमा नेपाली काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन छ ।

Tags :
प्रतिक्रिया दिनुहोस