मलेसियामा कोरोनाबाट दुई हजार भन्दा बढी सङ्क्रमित, चार जनाको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मलेसियामा कोरोनाबाट दुई हजार भन्दा बढी सङ्क्रमित, चार जनाको मृत्यु


२६ बैशाख २०७९, सोमबार


क्वाललम्पुर । मलेसियामा गएको २४ घण्टामा २ हजार जना भन्दा बढी कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् ।

अधिकारीहरुका अनुसार यहाँ गएको २४ घण्टामा २ हजार १५३ जना कोरोना सङ्क्रमित भेटिएका हुन् । त्यसै गरी गएको २४ घण्टा यता मात्र यहाँका सङ्क्रमितहरूमध्ये चार जनाको ज्यान गएको पनि अधिकारीहरुले जनाएका छन् ।

यहाँ अहिलेसम्म ३५ हजार ५८३ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट निधन भएको बताइएको छ । त्यसै गरी यहाँ अहिलेसम्म ४४ लाखभन्दा बढी सङ्क्रमित भएका पनि पाइएको छ । यहाँ अहिले पनि २६ हजार जनाभन्दा बढी सक्रिय सङ्क्रमितहरू रहेका बताइएको छ ।

तीमध्ये थोरै मात्र सङ्क्रमितहरूमा यो भाइरसको असर देखिएको मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस