इच्छाराज तामाङको सिटिसि मल लिलाम हुँदै, सञ्चय कोषले निकाल्यो ३५ दिने सूचना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

इच्छाराज तामाङको सिटिसि मल लिलाम हुँदै, सञ्चय कोषले निकाल्यो ३५ दिने सूचना


२६ बैशाख २०७९, सोमबार


काठमाडौँ । इच्छाराज तामाङको सिटिसि मल लिलाम हुने भएको छ । कर्मचारी सञ्चय कोषले ३५ दिने सूचना निकालेर सिटिसि मल लिलामको प्रक्रिया सुरु गरेको हो ।

सिभिल स्टेटस्को नाममा रहेको मलका पसल कवलहरु लिलाम गर्न सूचना जारी गरिएको हो । कोषले मलमा रहेका १३२ वटा पसल कवलहरु लिलाम गर्न आज (सोमबार) सूचना निकालेको छ ।

काठमाडौँ महानगरपालिका ११ नम्बर वडाको सुन्धारामा निर्माण भएको कवलहरु लिलाम हुन लागेको हो । मल २४२४ कित्ता नम्बरमा ६ रोपनीमा बनेको छ ।

इच्छाराज तामाङको सिभिल सहकारीले सिभिल स्टेटस्को नामबाट लिएको २१ करोड नतिरेपछि कोषले लिलामीको सूचना निकालेको हो । कोषले यसअघि पनि सूचना निकालेर इच्छाराज तामाङको सिभिल सहकारीलाई ऋण तिर्न भनेको थियो ।

४६ करोड ठगी आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ अहिले प्रहरी हिरासतमा छन् । सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभमा सर्वसाधारणले बचत गरेको पैसा हिनामिना गरेको आरोपमा तामाङ पक्राउ परेका थिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तामाङसहित १२ जनालाई पक्राउ गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस