गठबन्धनलाई बहुमतले विजयी गराउन अर्थमन्त्रीको विशेष अपिल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गठबन्धनलाई बहुमतले विजयी गराउन अर्थमन्त्रीको विशेष अपिल


२६ बैशाख २०७९, सोमबार


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तह निर्वाचन प्रतिगामी र प्रगतिशील शक्तिहरुबीचको लडाइँ भएको भन्दै गठबन्धन पक्षधर उम्मेदवारहरुलाई विजयी गराउन अपिल गरेका छन् ।

शर्माले आज (सोमबार) विशेष अपिल जारी गर्दै वाम–लोकतान्त्रिक गठबन्धन पक्षधर शक्तिलाई बहुमतले विजयी बनाउन आग्रह गरेका हुन् ।

शर्माले न्यायालयबाट संसद् पुनः स्थापना भएर मुलुक गम्भीर राजनीतिक दुर्घटनाबाट बचे पनि अझै प्रतिगमनकारी जोखिम सम्पूर्णरुपमा परास्त भई नसकेको दाबी गरेका छन् ।

अर्थमन्त्री शर्माले एमालेको नाम नलिई संसद् विघटन गर्ने शक्तिलाई परास्त गर्न आह्वान गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस