हङकङको मुख्य प्रशासकमा ली निर्वाचित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

हङकङको मुख्य प्रशासकमा ली निर्वाचित


२६ बैशाख २०७९, सोमबार


बेइजिङ । हङकङ विशेष प्रशासनिक क्षेत्रको छैटौँ मुख्य प्रशासकको निर्वाचनमा बेइजिङसँग सुमधुर सम्बन्ध रहेका जोन ली निर्वाचित भएका छन् ।

हङकङ विशेष प्रशासनिक क्षेत्र मुख्य प्रशासक निर्वाचन समितिका करिब १४६० सदस्यले मतदानद्वारा उम्मेदवारलाई मतदान गरेका छन् । ली च्याछाउले १४१६ मत प्राप्त गरेका छन्।

सम्पूर्ण निर्वाचन प्रक्रिया हङकङ विशेष प्रशासनिक क्षेत्र निर्वाचन मामिला आयोग, भ्रष्टाचार विरुद्धको स्वतन्त्र आयोग, उम्मेदवारको छानबिन प्रतिनिधिहरू, हङकङबासी र सञ्चारमाध्यमको निगरानीमा गरिएको हो ।

हङकङ विशेष प्रशासनिक क्षेत्रीय सरकारले नियुक्तिका लागि केन्द्रीय जन सरकारलाई निर्वाचन परिणाम पेस गर्नेछ । छैटौँ मुख्य प्रशासकको कार्यविधि सन् २०२२ को जुलाई १ देखि २०२७ को जुन ३० तारिखसम्म रहनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस