ओलीका आरोपको काउन्टर दिन काँग्रेसले पत्रकार सम्मेलन गर्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ओलीका आरोपको काउन्टर दिन काँग्रेसले पत्रकार सम्मेलन गर्दै


२६ बैशाख २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएका आरोपको काउन्टर दिन आज सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्ने भएको छ ।

आइतबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले ६७ बुँदे लिखित धारणामार्फत काँग्रेसमाथि गम्भीर आरोप लगाएका थिए ।

त्यसको काउन्टरमा काँग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले आज बिहान ११ बजे पत्रकार सम्मेलन गर्न लागेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस