दैलेखमा एमाले उम्मेदवारले प्रयोग गर्ने गाडीमा आगजनी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

दैलेखमा एमाले उम्मेदवारले प्रयोग गर्ने गाडीमा आगजनी


२६ बैशाख २०७९, सोमबार


काठमाडौँ । दैलेखको आठविस नगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवारले चुनाव प्रचारमा प्रयोग गर्दै आएको गाडीमा आगजनी भएको छ।

उम्मेदवार तर्कबहादुर बडूवालले प्रयोग गर्दै आएको बा १९ च ५५७९ नम्बरको स्कर्पियोमा आगजनी भएको हो।

आठविस नगरपालिका वडा नम्बर ४ राकम कर्णालीस्थित सृष्टि होटेल अगाडि पार्किङमा रहेको गाडीमा आइतबार राति आगजनी भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

आगजनीबाट गाडीको एउटा टायरको बाहिरी भाग जलेको छ।

गाडीमा कसैले आगो लगायो वा आफैँ केही कारणले लाग्यो भन्ने पुष्टि भई नसकेको दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए।

‘घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक साहले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस