चितवनमा धारिलो हतियार प्रहार गरी युवकको हत्या « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चितवनमा धारिलो हतियार प्रहार गरी युवकको हत्या


२६ बैशाख २०७९, सोमबार


चक्कु प्रहार

काठमाडौँ । चितवनको भरतपुरमा एक जना युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ।

आइतबार बेलुकी करिब ७:३० बजे भरतपुर महानगरपालिका वडा नम्बर १२ का अनिल परियारको हत्या भएको प्रहरीले जनाएको छ।

भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुर खेलमैदान नजिकै परियारमाथि छुरी प्रहार भएको थियो।

हतियार प्रहारबाट गम्भीर घाइते भएका परियारलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको थियो। चिकित्सकहरूले उनको मृत्यु भइसकेको बताएका थिए।

उनको शव भरतपुर अस्पतालमा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले परियारमाथि हतियार प्रहार गर्ने समूहको खोजी भइरहेको बताए।

उनलाई आक्रमण गर्ने समूहको पहिचान भइसकेको छैन।

परियार गत वर्ष चितवन कारागारमा कैद सजाय भोगेर छुटेको बताइएको छ। उनी नेपाली काङ्ग्रेसनिकट थिए।

Tags :
प्रतिक्रिया दिनुहोस