समयमै सूचना प्राप्त गर्न अनुसन्धान विभागलाई गृहमन्त्रीको निर्देशन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

समयमै सूचना प्राप्त गर्न अनुसन्धान विभागलाई गृहमन्त्रीको निर्देशन


२५ बैशाख २०७९, आइतबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले समयमै सत्य तथ्य सूचना प्राप्त गर्नसकेमा मात्रै अकल्पनीय घटना घट्न रोक्न र घटिहालेमा पनि समाधानका लागि तत्काल रणनीति बनाउन सकिने बताएका छन् ।

आइतबार राष्ट्रिय अनुसन्धान विभागको निरीक्षणपछि गृहमन्त्री खाँणले जतिसक्दो छिटो सत्य तथ्य सूचना सरकारसम्म पुर्‍याउन राष्ट्रिय अनुसन्धान विभाग प्रविधियुक्त, सक्षम र सबल हुनुपर्नेमा समेत जोड दिएका छन् ।

राज्यलाई तत्काल सत्य तथ्य सूचना उपलब्ध गराउने अनुसन्धान विभाग अमूल्य अङ्ग भएको बताउँदै गृहमन्त्री खाँणले अनुसन्धान विभाग कमजोर भएमा राज्यको सूचना प्रणाली कमजोर हुने र सूचना प्रणाली कमजोर भए समग्र राज्य प्रणाली कमजोर हुने बताए ।

स्थानीय तह निर्वाचनलाई स–साना घटनाले प्रभाव पार्ने बताउँदै गृहमन्त्री खाँणले घटना घट्न सक्ने पूर्वानुमान र घटना घटिहालेमा समयमै सूचना प्राप्त भएमा तत्काल समाधान खोज्ने रणनीति बनाउन सकिने भन्दै त्यो काम अनुसन्धान विभागले गर्न सक्ने बताए।

यसैगरी गृह सचिव टेकनारायण पाण्डेले प्रविधिको विकाससँगै सुरक्षा चुनौती बढ्दै गएको भन्दै त्यसलाई तत्काल समाधान गर्न सत्य तथ्य सूचना बेलैमा आइपुग्न आवश्यक रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस