तीन दिन सीमा नाका बन्द « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

तीन दिन सीमा नाका बन्द


२५ बैशाख २०७९, आइतबार


बैतडी । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा नाका तीन दिनका लागि बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार भारतसँग सीमा जोडिएको झुलाघाट नाका सोमबारदेखि बन्द हुने भएको हो । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै वैशाख २७ गते रात्रि १२ बजेदेखि वैशाख ३० गते रात्रि १२ बजेसम्म सीमा बन्द हुने भएको हो ।

सो अवधिमा सीमा नाकामा पूर्ण रुपमा आवतजावत बन्द गरिने उनले बताए । भारतीय अधिकारीहरूसँग समन्वय गरेर नाका बन्द गर्न लागिएको हो । कुनै देशमा चुनाव हुँदा अन्तरराष्ट्रिय नियमअनुसार नै सीमा बन्द गरिन्छ । यसैबीच निर्वाचनलाई नै मध्यनजर गरेर सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा गरिएको छ ।

बैतडीका १० स्थानीय तहमा १० पालिका प्रमुख, १० उपप्रमुख, ८४ वडाध्यक्ष, र ३३६ वडा सदस्य गरी कूल ४४० पदका लागि निर्वाचन हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस