आयोगले सत्तारुढ गठबन्धन निकट पत्रकार सङ्गठनलाई सोध्यो २४ घण्टे स्पष्टीकरण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आयोगले सत्तारुढ गठबन्धन निकट पत्रकार सङ्गठनलाई सोध्यो २४ घण्टे स्पष्टीकरण


२५ बैशाख २०७९, आइतबार


काठमाडौँ । सत्तारुढ गठबन्धनमा रहेका दलहरू निकट पत्रकार सङ्गठनहरूसँग निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्नका लागि गठबन्धनमा आबद्ध दल निकट पत्रकारका सङ्गठनले शनिवार विज्ञप्ति निकालेर आग्रह गरेका थिए ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलेका अनुसार नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठन नेपाल, नेपाल प्रेस मञ्च र प्रगतिशील पत्रकार सङ्घलाई २४ घण्टाभित्र विज्ञप्ति हटाएर प्रष्टीकरण बुझाउन निर्देशन दिइएको हो ।

हेर्नुहोस् विज्ञप्ति:

Tags :
प्रतिक्रिया दिनुहोस