काँग्रेस, एमाले र माओवादीको बाकस खाली गरेपछि मात्रै सुध्रिन्छन् : लिङ्देन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काँग्रेस, एमाले र माओवादीको बाकस खाली गरेपछि मात्रै सुध्रिन्छन् : लिङ्देन


२५ बैशाख २०७९, आइतबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सबै मिलेर काँग्रेस, एमाले र माओवादीको बाकस खाली गरेपछि मात्रै सुध्रिने बताएका छन् ।

आइतबार हेटौँडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कार्यकर्ताहरूलाई आफ्नो पार्टीका नेताहरू सुध्रिए हुन्थ्यो भन्ने लागे पनि उनीहरू सुध्रिन सबै मिलेर चुनावमा बाकस खालि गरिदिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘तपाईँहरूले भनेर उनीहरू सुध्रने वाला छैनन्, सुध्रने वाला छैनन् भनेर तपाईँहरूले भाटा लगाउन सक्नुहुन्न । भाटा लगाएर पनि सुध्रने वाला छैनन् । कान समाएर पनि सुध्रिँदैनन्, त्यसैले उनीहरूलाई सुधार्ने एउटा उपाय हो, आउने चुनावमा उनीहरूको बाकस खाली गरिदिने ।’

Tags :
प्रतिक्रिया दिनुहोस