३ जेठमा सङ्घीय संसद्को अधिवेशन बोलाउन सिफारिस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

३ जेठमा सङ्घीय संसद्को अधिवेशन बोलाउन सिफारिस


२५ बैशाख २०७९, आइतबार


काठमाडौँ । सरकारले जेठ ३ गते सङ्घीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ३ गते दिउँसो ४ बजे बैठक बस्ने गरी सङ्घीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने कानुनी व्यवस्था छ ।

संविधान अनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा सार्वजनिक गर्नुपर्छ । त्यसअघि बजेटपूर्वको छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ ।

Tags :
प्रतिक्रिया दिनुहोस