निर्वाचनका लागि घर फर्कने नेपाली ह्वात्तै बढे « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

निर्वाचनका लागि घर फर्कने नेपाली ह्वात्तै बढे


२५ बैशाख २०७९, आइतबार


काठमाडौँ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि छिमेकी देश भारतमा श्रम गर्न पुगेका नेपाली फर्कने क्रम बढ्न थालेको छ ।

कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकीबाट घर फर्कने नेपालीको सङ्ख्या दिनदिनै बढ्न थालेको हो ।

गड्डाचौकी नाकाबाट अरू सामान्य अवस्थामा दैनिक १०० देखि २०० नेपाली भारतबाट घर फर्कने गरेकामा अहिले उक्त सङ्ख्या बढेर दैनिक ८०० सम्म पुगेको छ ।

कञ्चनपुरको गड्डाचौकी हेल्थ डेस्कका अनुसार अहिले दैनिक ५०० देखि ८०० सम्म मानिस नेपाल फर्किरहेको र यो सङ्ख्या बढ्दो क्रममा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस