दक्षिण कोरियामा एकै दिन ४० हजार भन्दा बढी कोरोना सङ्क्रमित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दक्षिण कोरियामा एकै दिन ४० हजार भन्दा बढी कोरोना सङ्क्रमित


२५ बैशाख २०७९, आइतबार


सोल । दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ४० हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य अधिकारीहरूका अनुसार सो संख्या अघिल्लो दिनका तुलनामा गएको २४ घण्टायता धेरै देखिएको हो ।

तर यहाँ एकै दिन पहिले ४ लाखसम्म नागरिकमा कोरोना सङ्क्रमण देखिने गरेकोमा पछिल्ला दिनहरुमा घटेको थियो । तर पछिल्ला केही दिनमा भने पुनः बढ्न थालेको बताइएको छ ।

दक्षिण कोरियामा सङ्क्रमितको संख्या बढ्दै गएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

अधिकारीहरुका अनुसार अहिलेसम्म १ करोड ७५ लाख भन्दा पनि बढी सङ्क्रमित भइसकेका छन् ।

अघिल्लो दिन यहाँ ३७ हजार जनामा सङ्क्रमण देखिएकामा २४ घण्टायता आएर त्यसमा केही वृद्धि भएको बताइएको हो ।

तर सङ्क्रमितमध्ये स्वास्थ्य अवस्था गम्भीर रहेका व्यक्ति भने थोरै छन् । यहाँ मृत्यु दर पनि कम रहेको बताइएको छ ।

हालसम्म कोरियामा कोरोनाबाट २३ हजार ३ सय ६० जनाको ज्यान गइसकेको छ । सङ्क्रमितहरूमा मृत्युदर भने न्यून रहेको अधिकारीहरुले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस