बेलायतले युक्रेनलाई थप १.६ बिलियन अमेरिकी डलर सहायता दिने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बेलायतले युक्रेनलाई थप १.६ बिलियन अमेरिकी डलर सहायता दिने


२५ बैशाख २०७९, आइतबार


लन्डन । बेलायती अर्थमन्त्री ऋषि सुनकले कीभका लागि १.३ बिलियन पाउन्ड (१.६ बिलियन अमेरिकी डलर) को अतिरिक्त कोष प्याकेज प्रदान गर्न लागेको जानकारी दिएको द सन्डे टाइम्सले उल्लेख गरेको छ ।

यो रकम ट्रेजरीको आपतकालीन कोषबाट लिइनेछ र युक्रेनलाई बेलायतको विद्यमान १.५ बिलियन पाउन्ड सहयोगको अतिरिक्त प्रदान गरिने जनाइएको छ।

बेलायतका रक्षामन्त्री बेन वालेस र विदेशमन्त्री लिज ट्रसको दबाबपछि सुनकले थप सहायताको पुष्टि गरेको, द सन्डे टाइम्सले जनाएको छ ।

डोनेट्स्क र लुहान्स्क जनवादी गणतन्त्र (डीपीआर र एलपीआर) ले युक्रेनी उत्तेजनाहरू विरुद्ध आफ्नो रक्षा गर्न मद्दतको लागि अपिल गरेपछि रुसले गत फेब्रुअरी २४ मा युक्रेनमा आफ्नो विशेष सैन्य अपरेसन सुरु गरेको हो ।

रुसले आफ्नो विशेष अपरेसनको उद्देश्य युक्रेनलाई निशस्त्रीकरण गर्नु रहेको बताएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार डोनबासका जनतालाई जोगाउने लक्ष्य रहेको छ, जो आठ वर्षदेखि कीभ शासनद्वारा दुर्व्यवहार र नरसंहारको सिकार भएका छन्।

रुसको कारबाहीको जवाफमा पश्चिमी देशहरूले मस्को विरुद्ध व्यापक प्रतिबन्ध अभियान चलाएका छन् र युक्रेनलाई हतियार आपूर्ति गरिरहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस