ओलीले पूरा हुन नसक्ने सपना बाँडेर जनतालाई झुक्याए : मन्त्री झाँक्री « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ओलीले पूरा हुन नसक्ने सपना बाँडेर जनतालाई झुक्याए : मन्त्री झाँक्री


२४ बैशाख २०७९, शनिबार


बुटवल । नेकपा एकीकृत समाजवादीकी सचिव एवं सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीले पूरा हुन नसक्ने सपना बाँडेर जनतालाई झुक्याएको बताएकी छन् ।

सत्ता गठबन्धनले शनिवार बुटवलमा आयोजना गरेको चुनावी सभामा बोल्दै उनले स्याटलाइटमा आकाश किन्ने, चन्द्रमामा भर्‍याङ लगाउने, चुच्चे रेल ल्याउने जस्ता झुटो र पूरा नहुने सपना बाँडेर जनता झुक्याएको आरोप लगाएकी हुन् ।

ठुला–ठुला गफ भन्दा वास्तविक धरातलमा उभिएर देश सुहाउँदो सीमित साधनबाट असीमित चाहनालाई पूरा गर्ने गरी योजना बनाउनुपर्ने उनले बताइन् ।

एमालेतर्फ लक्षित गर्दै झाँक्रीले पटक(पटक भोट हालेर नेतृत्वमा पुर्‍याउँदा पनि सुकुम्वासी, अव्यवस्थित बसोबास र आम नागरिकको समस्या ज्युँका त्युँ राख्ने दललाई चिन्ने बेला आएको बताइन् ।

गलत काम गर्दा गलत भनेर भन्न नसक्नेहरू परिवर्तनकारी हुन नसक्ने उनको भनाइ थियो । ‘प्रश्न गर्न नसक्ने मान्छे र भजनमण्डलीले परिवर्तनका लागि काम गर्न सक्दैन’ उनले भनिन् । गठबन्धनको सरकार राजनीतिक स्थायित्व र प्रणालीको स्थायित्वको पक्षमा रहेको उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस