विमलेन्द्र निधिद्धारा सत्ता गठबन्धन जनकपुरको सभा बहिष्कार    « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

विमलेन्द्र निधिद्धारा सत्ता गठबन्धन जनकपुरको सभा बहिष्कार   


२४ बैशाख २०७९, शनिबार


काठमाडौँ। सत्तारुढ दलहरूको चुनावी गठबन्धनले आज मधेस प्रदेशको जनकपुरमा आयोजना गर्ने आम सभा काँग्रेस नेता विमलेन्द्र निधिले बहिष्कार गर्ने भएका छन् ।

गठबन्धनको सभामा केन्द्रीय वक्ताको रूपमा आफ्नो नाम नराखिएको भन्दै नेता निधिले आफू सहभागी नहुने बताएका हुन् । धनुषा निधिको आफ्नै गृहजिल्ला हो ।

जनकपुरमा हुने कार्यक्रम छोडेर नेता निधि धरानको चुनावी सभामा सहभागी हुन लागेका छन् ।

पार्टीको केन्द्रीय वक्ताको रूपमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, सहमहामन्त्रीद्वय भीष्मराज आङदेम्बे र महेन्द्र यादवको नाम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस