लागु औषधसहित एक भारतीय नागरिक पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लागु औषधसहित एक भारतीय नागरिक पक्राउ


२३ बैशाख २०७९, शुक्रबार


वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१६ बाट प्रहरीले आज विभिन्न प्रकारका लागु औषध ८७३ एम्पुलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत विहार जिल्ला मोतीहारी थाना रामगढवा बेलाहा–१० वर्ष २२ को असरफ अली रहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

वीरगन्जको रजतजयन्ती चोकमा खटिएको नियमित चेकिङ टोलीले जाँच गर्ने क्रममा हातमा मोबिलको डिब्बा बोकी शङ्कास्पदरूपमा भारत, रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले लागु औषधसहित अलीलाई पक्राउ गरेको थियो ।

अलीको साथबाट भेटिएको उक्त मोबिलको डिब्बामा लागु औषध नुरफिन २९१ एम्पुल, फेनारगन २९१ एम्पुल र डाइजेपाम २९१ एम्पुल गरी जम्मा ८७३ एम्पुल फेला परेको थियो ।

पक्राउ परेका अलीलाई लागु औषध कसुरसम्बन्धी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस