बाँकेमा एमाले कार्यकर्तालाई कारबाही « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बाँकेमा एमाले कार्यकर्तालाई कारबाही


२३ बैशाख २०७९, शुक्रबार


नेपालगन्ज । नेकपा (एमाले) बाँकेले बागी उम्मेदवारी दिएको भन्दै विभिन्न तहका नौ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

पार्टीले उम्मेदवार बनाएका आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी दिएका जिल्ला कमिटी सदस्य बैजनाथ–१ का विजय चन्द, खजुरा–३ का विकास काउचा मगर, राप्तीसोनारी–१ का पदम ओली, पूर्व जिल्ला कमिटी सदस्य नेपालगन्ज महानगरपालिका–१० का खुमानन्द काफ्ले, वडा कमिटी अध्यक्ष जानकी–५ का मातृका बर्मा, पालिका कमिटी सदस्य खजुरा–६ का हिरामान श्रेष्ठलाई कारबाही गरेको एमाले बाँकेका अध्यक्ष किश्मतकुमार कक्षपतिले जानकारी दिए ।

नेपालगन्ज–५ का वडा कमिटी उपाध्यक्ष रमजान अन्सारी, नेपालगन्ज–६ का वडा कमिटी सदस्य मदनराज शर्मा, नेपालगन्ज–६ का वडा कमिटी सदस्य हितेश भारतीलाई कारबाही गरिएको अध्यक्ष कक्षपतिले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस