काँग्रेसको देशभर राम्रो छ : महामन्त्री शर्मा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काँग्रेसको देशभर राम्रो छ : महामन्त्री शर्मा


२३ बैशाख २०७९, शुक्रबार


ओखलढुङ्गा । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय निर्वाचनमा काँग्रेसले देशभर बहुमत ल्याउने दाबी गरेका छन् ।

लिखु गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यही वैशाख ३० को निर्वाचनमा काँग्रेसका कुनै उम्मेदवार पराजित नहुने जिकिर गरेका हुन् ।

देशभरको जनलहर काँग्रेसका पक्षमा रहेको दाबी गर्दै महामन्त्री शर्माले पार्टी एकताबद्ध हुनु र गठबन्धन गरिनुले काँग्रेसका उम्मेदवार सबै विजयी हुने आधार प्रस्तुत गरे ।

देशभरका ७५३ स्थानीय तहमध्ये ६३४ मा काँग्रेसले प्रमुख पदमा उम्मेदवार उठाएको उनले बताए ।

बाँकी ११९ ठाउँ गठबन्धनका अन्य दललाई दिएर देशभर काँग्रेसले उनीहरुको साथ लिएको शर्माको भनाइ थियो ।

तीन वटै तहका सरकार काँग्रेस नेतृत्वमा बन्ने शर्माको भनाइ छ ।

कार्यक्रमलाई काँग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा र प्रदीप सुनुवारलगायतले सम्बोधन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस