महिला उम्मेदवारलाई हराउँदा नराम्रो सन्देश जान्छ : प्रधानमन्त्री देउवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

महिला उम्मेदवारलाई हराउँदा नराम्रो सन्देश जान्छ : प्रधानमन्त्री देउवा


२३ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले महिला उम्मेदवारलाई हराउँदा सन्देश नराम्रो जाने बताएका छन् ।

काठमाडौँमा आज (शुक्रबार) पाँच दलीय गठबन्धनको सभालाई सम्बोधन गर्दै महिला उम्मेदवारलाई हराउँदा सन्देश नराम्रो जाने बताएका हुन् ।

बाबुआमाले विवाह प्रकाशमानसँग गरिदिए सिर्जनाको के दोष ? आमाबाबुले बिहे गरिदिए बिचरीले के गरुन्,’ देउवाले भने, ‘राजधानीको उम्मेदवार महिला हुनु ठुलो कुरा हो । महिलालाई हराए दुनियाँले के भन्छन् ?’

कार्यक्रममा देउवाले भरतपुरमा रेनु दाहालले राम्रो काम गरेको र आफूले नै उम्मेदवार बनाउन जोड दिएको बताए । ‘प्रचण्डजीको छोरी भएर जन्मनु अपराध होइन । कहाँ जन्मिने कुरा हातमा हुँदैन । प्रचण्डको छोरी हुनु गल्ती होइन, कति राम्रो काम गर्नु भएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस