पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना सङ्क्रमण, १७ जना निको « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना सङ्क्रमण, १७ जना निको


२३ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

३ हजार ४५३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा सङ्क्रमित थपिएका हुन् ।

२ हजार ४५० जनाको पिसिआर र १ हजार ३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । यस्तै, १७ जना कोरोना मुक्त भएका छन् ।

अहिले देशभर २१५ सक्रिय सङ्क्रमित छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ ।

Tags :
प्रतिक्रिया दिनुहोस