जित सुनिश्चित भइसक्यो, काठमाडौँ सुधारेर देखाउँछौँ : सिर्जना सिंह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जित सुनिश्चित भइसक्यो, काठमाडौँ सुधारेर देखाउँछौँ : सिर्जना सिंह


२३ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुख पदकी उम्मेदवार सिर्जना सिंहले काठमाडौँमा गठबन्धनको जित निश्चित भएको बताएकी छिन् ।

गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेस नेतृ सिंहले गठबन्धनको पक्षमा माहौल बनिसकेको बताइन् ।

काठमाडौँमा गठबन्धनले जितेपछि मतदाताको शिर निहुरिन नदिने गरी काम गर्ने प्रतिबद्धता समेत सिंहले व्यक्त गरिन् ।

‘काठमाडौँमा हाम्रो जित निश्चित छ । हामी जितेर आएपछि जनताले सोचेजस्तो काठमाडौँ बनाउँछौँ । मतदाताको शिर निहुरिन दिँदैनौँ । महानगरलाई महान् घरजस्तो बनाउँछु । सबैलाई सम्मान गर्ने र सबैलाई अपनत्व दिने काठमाडौँ बनाउँछौँ’, सिंहले भनिन् ।

आफू मेयर भएपछि काठमाडौँका सबै टोल र गल्लीमा सडक बत्ती र सिसी टिभी जडान गर्ने सिर्जनाको प्रतिबद्धता छ । काठमाडौँ महानगरका सबै वडामा ज्येष्ठ नागरिकका लागि भवन बनाउने उद्घोष गर्दै सिंहले सार्वजनिक स्थानमा निःशुल्क खानेपानी र सार्वजनिक शौचालयको व्यवस्था गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस