बाजुरामा काँग्रेस र नेकपा एसका कार्यकर्ताबीच झडप, प्रहरी कार्यालय तोडफोड भएपछि प्रहरीद्वारा हवाई फायर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बाजुरामा काँग्रेस र नेकपा एसका कार्यकर्ताबीच झडप, प्रहरी कार्यालय तोडफोड भएपछि प्रहरीद्वारा हवाई फायर


२३ बैशाख २०७९, शुक्रबार


कैलाली । बाजुरामा चुनाव प्रचारप्रसारको क्रममा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ ।

जिल्लाको बुढीनन्दा नगरपालिका- ९ मा झडप भएको हो ।

एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा झडप सुरु भएको बताइएको छ ।

काँग्रेसका कार्यकर्ताको कुटाइबाट उनी नेकपा एसका कार्यकर्ता पाण्डुसेन प्रहरी कार्यालय पुगेका थिए ।

एकीकृत समाजवादीका कार्यकर्ता पसेपछि नेपाली काँग्रेसका कार्यकर्ताहरूले प्रहरी कार्यालय तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताए ।

प्रहरीले घटना नियन्त्रणमा लिन हवाई फायरसमेत गरेको छ ।

प्रहरीतर्फ तीन जना र नेपाली काँग्रेसका तीन जना घाइते भएको प्रहरी निरीक्षक बोगटीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस